Ayushman Desraj Joshi

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता नियुक्त

लेन्सनेपाल २०७५ फागुन १३
प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता नियुक्त

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देसराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रीस्तरिय निर्णयबाट उनीहरु स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका हुन ।

अभियानताको रुपमा नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउनको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए । साथै उनीहरुले आफुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

New Releases (Shrawn 3)