Ayushman Desraj Joshi   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चङ्गा चेटको दोस्रो गीत सार्वजनिक

लेन्सनेपाल २०७५ असोज १
चङ्गा चेटको दोस्रो गीत सार्वजनिक

चलचित्र ‘चङ्गा चेट’को दोश्रो गीत ‘ढल्की ढल्की नाचन’ सार्वजनिक भएको छ । कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चङ्गा चेट’को सार्वजनिक गीतमा हरिहर तिमल्सिनाको शब्द र अलमोडा राना उप्रेतीको स्वर तथा मिस्टर आरजेको संगीत रहेको छ । कोरियोग्राफी भने प्रविन सिंहले गरेका हुन ।

गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, पारमिता आरएल राणा लगायतका कलाकारहरु देख्न सकिन्छ ।

डार्क कमेडी शैलीको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन । प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द्व, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन ।