Barsha Shiwakoti   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न

लेन्सनेपाल २०७६ जेष्ठ २
‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न

चलचित्र ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर बुधबार साँझ गरिएको हो । चलचित्र पत्रकार र चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिच गरिएको प्रिमियरलाई ‘रोयल प्रिमियर’ नाम दिइएको थियो । जहाँ उपस्थित पाहुनाहरुलाई बाजाका साथ स्वागत गरिएको थियो ।

पर्पल कार्पेट प्रिमियर गरिने बताइए पनि उक्त कलरको कार्पेट प्राप्त गर्न नसकेको भन्दै निलो कार्पेट ओच्छाइएको थियो । यद्यपी गेट देखि स्टेजसम्म अनि आगन्तुक पाहुनालाई स्वागत गर्दै दिइएको पुष्प गुच्छामा समेत पर्पल कलरको संयोजना उत्कृष्ट थियो ।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल लगायतका कलाकारले उपस्थिति जनाए । चलचित्रकी मुख्य कलाकार वर्षा सिवाकोटी पिङ्क गाउनमा उपस्थित भएकी थिइन भने पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ सुटमा फिट देखिएका थिए ।

प्रिमियरमा चलचित्रका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । घोषणा समारोह देखि नै भव्य कार्यक्रम गर्दै आएका निर्देशक मिलन चाम्सले प्रिमियरलाई पनि थप भव्य बनाएका थिए । बाजागाजा र चलचित्रकर्मीको उपस्थितिले प्रिमियरमा रौनक छाएको थियो ।

उपस्थित चलचित्रकर्मीहरुले चलचित्र हेरिसकेपछि राम्रो बनेको प्रतिक्रिया दिएका छन् । मनोरञ्जनात्मक चलचित्र बनेको भन्दै हसाउने अनि भावुक बनाउन ‘वीर विक्रम २’ सफल भएको जनाएका छन् ।

साथित्व अनि प्रेमको कथा भन्ने चलचित्रमा वर्षा, पल, नाजिर र बुद्धिका अलवा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय छ ।चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको छ ।