Basanta Sapkota
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘साइनो’को गीत सार्वजनिक

चलचित्र ‘साइनो’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । लोकलयको ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीतलाई चेतन कार्कीले लेखेका हुन । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । राजकुमार र मिरुना मगर फिचर्ड गीतको कोरियोग्राफी रामजी लामिछाने गरेका हुन ।
नेपालमा बनेको पहिलो चलचित्रकी नायिका भुवन चन्द थापाले निर्माण गरेको यो चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रका कार्यकारी निर्मातामा शरण थापा हुन् । अभिमन्यू निरवीको लेखन रहेको चलचित्रमा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताइएको छ ।
चलचित्रमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामेश्वर कार्कीको छायाँकन रहेको चलचित्रमा बनिष शाहको सम्पादन र रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri