This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लाइफ इन एलए’को ‘बसन्’ सार्वजनिक

आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन्’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको चलचित्रको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । चलचित्रको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri