Bhuwan K.C.   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘क्याप्टेन’को दुई दिने व्यापार – एक करोड ८५ लाख ग्रस

लेन्सनेपाल २०७५ फागुन १९
‘क्याप्टेन’को दुई दिने व्यापार – एक करोड ८५ लाख ग्रस

चलचित्र ‘क्याप्टेन’को पहिलो दुई दिनमा एक करोड ८५ लाखको ग्रस कलेक्सन गरेको छ । वितरक मनोज राठीका अनुसार क्याप्टेनले पहिलो दिन ६५ लाख र दोस्रो दिन एक करोड २० लाखको व्यापार गरेको हो । यो अल नेपाल कलेक्सन हो ।

शुक्रबार ओपनिङ शो मा केही कमजोर देखिएको चलचित्रले २ बजेपछि पिकअप लिएको समेत उनले बताएका छन् । शनिबार देशभरका अधिकांस चलचित्र हलमा क्याप्टेनले हाउसफूल व्यापार गरेको थियो । माउथ पव्लिसिटी बलियो भएका कारण चलचित्रले पिकअप लिएको समेत उनले बताएका छन् । त्यसो त आइतबार बिहान मोफसलका विभिन्न शहरहरुमा वर्षा भएका कारण केही शोहरु प्रभावित भएपनि अन्य स्थानमा भने अव्वल व्यापार गरेको दाबी गरिएको छ । यद्यपी आइतबारको रिपोर्ट भने बेलुका मात्र प्राप्त हुने राठीले जनाएका छन् । यदी राठीको दाबी सत्य हो भने चलचित्रको ओपनिङ कलेक्सन छक्का पञ्जा ३ पछिकै उच्च हो ।

शनिबार दिनभर जस्तै अधिकांस हलहरुमा क्याप्टेन हाउसफुल भयो । राजधानीको गोपीकृष्ण हलमा विहानी शोमा ३ र दिवा शो मा ५ वटा सम्म हलहरु हाउसफूल भएका थिए । सोही मेसोमा क्याप्टेन अभिनेता अनमोल केसी दिउँसो १ः३० गोपी कृष्ण हलमा पुगेका थिए । जहाँ उनको क्रेज स्पष्टै देखिन्थ्यो । पिता भुवन केसीसँगै पुगेकान अनमोललाई दर्शकको भिड छिचोल्न हम्मे हम्मे परेको थियो । अनमोल नजिकबाट देख्न, सेल्फि खिच्न र हात मिलाउन खोज्नेहरुको भिड थियो । लगातार रुपमा आइरहेको अनमोल अनमोलको हुटिङ्ग बिच उनले राष्ट्रिय झण्डा फर्फराउदै राष्ट्रिगान समेत गाएका थिए । दर्शकहरु माझ फुटबल बाडेका अनमोलले आफ्नै चलचित्रको ‘कर्लि कर्लि कपाल’ बोलको गीत समेत गाए ।

यता दर्शकबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको छ । अनमोलको कामलाई धेरैले सुारको सज्ञा दिएका छन् । अघिल्ला चलचित्रमा भन्दा परिपक्क अभिनय गरेको प्रतिक्रिया मिलेको छ भने डेव्यु अभिनेत्रीद्वय प्रियंका एमभी र उपासना सिंह ठकुरीले समेत दर्शकको मन जितेका छन् । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन ।  दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक भट्टराईकै पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको छ ।