Bijayaratna Tuladhar
Movie's Credit : Director / Chief Ass. Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्रमा तीज, बिर्सनै नसकिने ‘तीजको लहर आयो बरी लै’

“कन्यादान” चलचित्रको “तीजको लहर आयो बरी लै” शिर्षकको यो गीत करीब बीस–बाईस वर्ष अगाडिदेखि तीजको अवसरमा नियमित बजाईंदै आइरहेको गीत हो । बाघ निर्देशकका रुपमा कहलिएका स्व.प्रकाश थापाको यो चलचित्रमा प्रयोग गरिएको यो तीज गीत वास्तवमा एउटा कालजयी तीज गीत बनेको छ । तीजमा नारी दर्शकहरुको भीड उर्लने गर्दछ । त्यसैले यो अवसर छोप्न तँछाडमछाड गर्ने गर्छन् चलचित्र ब्यवसायीहरु । तीजलाई नेपाली चलचित्रको लागि राम्रो व्यवसायिक सिजन मान्ने चलचित्रकर्मीहरुका चलचित्रभित्र तीजको मर्म कति समाहित भएको छ ? यो प्रश्न सदैव उठ्ने गरेको छ ।
नेपाली चलचित्रलाई भारतको हिन्दी चलचित्रका ठिमाहा सन्तान पनि भन्ने गरीन्छ । हिन्दी चलचित्रहरु हेर्ने दर्शकहरुले उनीहरुका चलचित्रमा करवाचौथको महिमा र मर्मलाई कसरी कथामा पिरोलिएका हुन्छन् भन्ने कुरा देखेकै होलान् । करवाचौथ र तीजको संस्कार एउटै नहुन सक्छ । तर हेर्दा उस्तै उस्तै पनि लाग्ने गर्दछ । दुबै पर्वमा विवाहित नारीले आफ्नै पतिको सुस्वास्थ्य दीर्घायु र सफलताको कामना गरी ब्रत बस्ने गर्छन् । दुबै पर्वमा पतिको हातबाट पानी खाए पछिमात्र ब्रत पूर्ण हुने परम्परा छ । पर्वको महत्व समान छ । त्यत्तिमात्र नभई नेपाली चलचित्रको कथाको प्रेरणा स्रोत समेत हिन्दी चलचित्र नै हो । यत्ति हुँदै पनि नेपाली चलचित्रहरुमा तीजको प्रसङ्गले त्यत्ति बिघ्न ठाउँ पाइरहेको देखिंदैन ।
आजभन्दा बीसबाइस वर्ष अगाडि निर्देशक प्रकाश थापाले बनाएको “कन्यादान” चलचित्रमा प्रयोग गरिएको तीज गीतपछि त्यस्तो खालको सुमधुर तीज गीत सुन्न धेरै वर्ष पर्खनु पर्यो । बाल्य काल मै विवाह बन्धनमा बांधीएर बाल विधवा बन्न पुगेकी एउटी युवतीको सौभाग्य चिन्ह प्रतिको मोहलाई “कन्यादान” मा सशक्त रुपमा चित्रण गरिएको छ । त्यही मोहको प्रतीकको रुपमा तीज गीतको प्रयोग गरिएको छ । “कन्यादान” को बीस वर्षपछि त्यही गीतको छन्द र बोललाई सापटी लिइ एउटा नयाँ तीज गीत प्रकाशमा ल्याइएको छ । यसरी प्रकाशमा ल्याइएको नयाँ तीज गीत चलचित्र “सौभाग्य” को हो । “आउ साथी संगीनी नाचौं छमछमी” बोलको यो तीज गीतमा अभिनेत्री झरना थापाले छमछमी नाच्ने मौका पाएकी छिन् । आफ्नो एक दशक लामो चलचित्र जीवनमा करीब पाँच दर्जन चलचित्रमा अभिनय गरी सकेकी झरना थापाको तीज गीतमा अभिनय गर्ने इच्छा चलचित्र “सौभाग्य”मा आएर पूरा भएको छ । यसलाई उनले आफ्नो अभिनय जीवनको एउटा महत्वपूर्ण पक्षका रुपमा लिएकी छिन् ।
“कन्यादान” देखि “सौभाग्य” सम्मको यात्रामा अरु पनि केही चलचित्रमा तीज गीत वा तीजको प्रसङ्ग नराखिएको भने हैन । राखिएको छ । तर त्यत्ति चर्चामा भने आउन सकेनन् । यसलाई संजोग नै भन्नु पर्ला कि “सौभाग्य” संगसंगै प्रदर्शनमा आएको अर्को एउटा नेपाली चलचित्र “श्रीमान् श्रीमति”मा पनि तीजको प्रसङ्ग राखिएको छ । “श्रीमान् श्रीमति”मा श्रीकृष्ण श्रेष्ठ र सरीता लामिछानेले पति पत्नीको भुमिका निर्वाह गरेका छन् । यसमा सरीता लामिछानेले पतिबाट अपहेलित नारीको रुपमा अभिनय गरेकी छिन् । यसरी अपहेलित हुनु परे पनि तीजको दिन श्रीमान्को नाममा ब्रत बस्ने र ब्रत पूर्ण गर्न श्रीमान्को प्रतीक्षा गर्न संवेदनाले भरिएको प्रसङ्ग राखिएको छ । यसभन्दा अघि “कसलाई दिउँ यो जोवन” चलचित्रमा तीजको प्रसङ्गलाई हास्य प्रसङ्गको रुपमा राखिएको थियो ।
नायक दिलिप रायमाझीले आफू एउटै भएपनि दुई वटा अलग अलग व्यक्ति हुँ भनि झरना थापा र मेलिना मानन्धरसित बिहे गरेको हुन्छ । यसरी दुई महिलासित विवाह गरेका नायक तीजको दिन दुबै श्रीमतीको तीज ब्रत पूर्ण गर्ने समस्याबाट कसरी मुक्त हुन्छ भन्ने कुरालाई यो चलचित्रमा देखाइएको छ । यसरी तीजको प्रसङ्ग वा गीत प्रयोग गरिएका चलचित्रहरु मध्ये “मन मेरो मान्दैन” पनि एउटा हो । यो चलचित्रमा अभिनेत्री विपना थापाले तीज गीतमा नृत्य अभिनय गरेकी छिन् ।
यसरी केही नगण्य संख्याका चलचित्रमा तीजको गीत वा प्रसङ्ग भेटिन्छन् । तीजमात्र हैन नेपाली चलचित्रमा नेपालीहरुको कुनै पनि चाडपर्वको सटिक प्रयोग अहिलेसम्म भएको पाईंदैन । चाहे त्यो दशैं तिहार नै किन नहोस् । सायद यस्तै खालको अभावलाई मेट्न होला निर्देशक श्याम भट्टराईले “तीज” शिर्षकमा एउटा चलचित्र नै बनाउने घोषणा गरेका थिए । तीज कै दिन पारी पशुपति परीसरका “तीज” चलचित्रको शुटिङ्ग आरम्भ पनि गरेका थिए । पहिलो दिनको शुटिङ्गमा निर्देशककी श्रीमति रञ्जना शर्मा र अभिनेत्री अरुणिमा लम्सालले अभिनय गरेका थिए । तर यो “तीज” चलचित्र बन्न सकेन ।
पशुपति परीसरमा तीज कै दिन पहिलो छायाङ्कन गरिएको अर्को चलचित्र “आँसु” हो । निर्देशक तथा छायाङ्कार चन्द्रप्रकाश घिमिरेले बनाउन लागेको यस चलचित्रभित्र पनि तीजको प्रसङ्ग महत्वपूर्ण रुपमा रहने बताइएको थियो । पहिलो दिनको शुटिङ्गमा अभिनेत्री मौसमी मल्ल र नायक भुवन के.सी.ले अभिनय गरेका थिए । तर यो “आँसु” चलचित्र पनि बन्न सकेन । तीजको अवसर पारी चलचित्र रिलिज गर्न तँछाड मछाड गर्ने चलचित्र व्यवसायीहरुको मनमा तीज प्रसङ्गले किन छाप पार्न सकेन । यो बेग्लै चर्चाको विषय हो । तर अहिले भने केही चलचित्रहरुमा फाट्टफुट्टै भए पनि तीजलाई स्थान दिन थालिएको छ । नेपाली चलचित्रका नाम चलेकी नायिका रेखा थापा स्वयंको लगानीमा निर्माण भएको चलचित्र “अन्दाज”मा पनि एउटा तीज गीत राखिएको छ रेखा थापासित लोकप्रिय गायिका निशा सुनारले समेत नृत्य अभिनय गरेको तीज गीतलाई पनि चलचित्र कै एक अंशको रुपमा आकर्षक रुपमा प्रस्तुत गरिकोछ । “पानी पनि खा छैन ननाचिनि भा छैन” बोलको यो गीतमा रेखा थापाले निशा सुनारसँग नाचेको दृश्य धेरैले मनपराएका पनि थिए ।
यस्तै निर्देशक शम्भु प्रधानले आफ्नो पछिल्लो चलचित्र “रंग वैजनी”मा पनि तीजको गीत समावेश गरेका छन् । “छड्के पोते रातो साडीे” बोलको गीतमा गरिमा पन्त र सुमिना घिमिरेले नृत्य गरेका छन् । यद्यपी यो गीतले पनि खासै चर्चा पाउन सकेन । गरिमा पन्तकै मुख्य भुमिका रहेको चलचित्र स्काउटमा पनि तीज गीत समावेश छ । “तीज आयो” बोलको गीतमा गरिमाकै नृत्य देख्न सकिन्छ ।
यस्तै अर्को चलचित्र “हाम्री चेली”मा पनि तीजको गीत समावेश गरिएको छ । चलचित्रमा पहिला तीजको गीत थिएन तर तीजकै अवसरमा चलचित्र प्रदर्शन हुने भएपछि यसमा तीज गीत समावेश गरिएको थियो ।
यसरी हेर्दा चलचित्रको पर्दामा तीजका गीत नृत्यहरु अत्यन्त मनपराइएको देखिन्छ तर पनि किन हो कुन्नि फिल्ममेकरहरुले तीजगीतको त्यत्ति धेरै प्रयोग गरेको देखिंदैन । अब आगामी दिनहरुमा तीज प्रसङ्ग र गीतहरु के कति हेर्न पाइने हो ? त्यो पनि प्रतिक्षाको नै विषय बनेको छ ।
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant