News
प्रदिपको जन्मदिनमा ‘प्रकाश’को रिलिज घोषणा, यस्तो छ फष्ट लुक

नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ । दिनेश राउत निर्देशित चलचित्र आगामी वर्षको भाद्र १० मा रिलिज हुनेछ ।
सार्वजनिक पोष्टरमा प्रदिप खड्का र दिया मास्केलाई स्थान दिइएको छ । जुम्लाका बिभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रले उतैको परिवेश देखाउने छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्छ ।
मेहन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
विकास सुवेदीको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत र उत्तम न्यौपाने साउण्ड डिजाइन रहने छ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota