News
चलचित्र ‘पूजार सार्की’को गीत ‘दर्शन गरेँ’ सार्वजनिक

जेष्ठ १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ ।
शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूले नृत्य गरेका छन् । गीतमा मगर समुदायको परम्परागत पहिरनमा कलाकारहरुले नृत्य गरेको देख्न सकिन्छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा आर्यन पूजारीको भूमिकामा छन् भने प्रदीप दमाहा बजाउने दमाई चरित्रमा छन् ।
जातीय विभेदविरुद्धको कथा भन्ने चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र भरत रेग्मीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri