Bikram Baral
Movie's Credit : Playback Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कहाँ पाउनु यो सुर ताल, यि हुन नेपाल आइडलका बिक्रम बराल
यसरी शुरु भयो ‘प्रसाद’ मार्फत पाश्र्व गायन

नेपाल आइडलको २८ औं श्रृखलामा चलचित्र प्रसादका निर्माता सुभाष थापा अनि निर्देशक दिनेश राउत सप्राइज भन्दै स्टेजमा चढे । उद्घोषकले नेपाल आइडलको इतिहासमै यस्तो भएको थिएन, जुन पहिलो पटक आज हुँदैछ भनेर उद्घोष गरे । प्रतिष्पर्धी मध्येका एक बिक्रम बराललाई पनि केही नयाँ छ भन्ने लाग्यो तर, आफैले गीतको अफर पाउछु भन्ने चाँही लागेको थिएन । जब सप्राइज खोल्दै निर्माता निर्देशकले बिक्रमको नाम लिए उनी अचम्मित भए । केही सोच्नै सकेनन् । खुशीले गला भरियो । भोलिपल्ट सम्म पनि सपना जस्तै लाग्यो उनलाई । तर, सपना थिएन । केही दिनमै उनको गीतको रेकर्डिङ्ग भयो ।
साउन तेस्रो साता बाट एपीवान एचडीबाट नेपाल आइडलको एउटा प्रोमो बज्यो । जहाँ एक युवाले फत्तेमानको शास्त्रिय गीत गाउँछन् अनि निर्णायक न्यू वज्राचार्यले अर्को गीत सुनाउन भन्छन् उनले अल्बाट्रोसको रक गीत गाउँछन् । निर्णायकहरु अचम्ममा परेको एक्सप्रेसन देखिन्छ । पृष्ठभुमिबाट आवाज आउँछ – ‘फत्तेमानको शास्त्रिय अल्बाट्रोसको रक, कहाँ पाउनु यो सुर ताल, यि हुन पोखराका बिक्रम बराल ।’
यो प्रोमोले नेपाल आइडल २ प्रतिको प्रतिक्षा मात्र बढाएन कार्यक्रम ब्रोडकाष्ट हुनु अघि नै बिक्रम बरालको चर्चा शुरु भयो । भाद्र ७ गते पोखरा अडिशन प्रसारण भयो बिक्रमको चर्चा थप चुलियो । उनले गोल्डेन माइक पाएका थिए । नेपाल आइडलको यात्रामा बिक्रमको प्रतिष्पर्धा शुरु भयो, यता सांगीतिक क्षेत्रमा उनको प्रतिक्षा ।
आइडलका हरेक अंकमा बिक्रमले आफ्नो कलाको जादु छर्दै आए । निर्णायकहरुले दिल खोलेरै बिक्रमको प्रसंसा गरिरहे । निर्णायकहरुकै प्रतिक्रियालाई आधार मान्ने हो भने एक पछि अर्को अंकमा उनको प्रस्तुति एक लेवल माथी हुन थाल्यो । आइडलको २७ औं अंकमा निर्णायक न्यू बज्राचार्यले बिक्रमको गायकीका प्रति दिएको प्रतिक्रिया जो कोही गायक, गायिकाका लागि लोभलाग्दो थियो । बिक्रमको गायकी पछि न्यू बज्राचार्यले भने – ‘बच्चु कैलाश दाई देखि अरुणा दिदीहरु देखि फत्तेमान दाई देखि योङ्गमा क्रिसल (आइडलकै प्रतिष्पर्धी क्रिसल कँडेल) सम्म काम गरेको छु । तर तिमी जस्तो सिंगर मैले लाइफमै देखेको छैन ।’ न्यू बज्राचार्य जस्तो संगीतको साधकले दिएको यो प्रतिक्रिया सायद आइडलको इतिहासमा स्वर्णिम बन्नेछ । किनकी बिक्रम जस्तो प्रतिभा आइडलले पाएको छ । आइडलकै शव्द सापटी लिएर भन्ने हो भने – ‘अन्त कहाँ पाउनु यो सुर ताल ।’
नेपाल आइडल सकिनु अघि कुनै पनि व्यवसायिक काम गर्ने अवस्था थिएन । दिनरात मेहनत मात्र थियो । अघिल्लो भन्दा आउने श्रृखलामा अझ उत्कृष्ट गाउनु पर्छ भन्ने हुन्थ्यो । दर्शकहरुबाट प्राप्त माया अनि निर्णायकहरुको प्रतिक्रियाले थप उर्जा मिलिरहेको थियो । त्यो दिन पनि उनलाई थाहा थिएन आफुले आइडलकै बिचमा पाश्र्वगायनको अवसर पाउछु भन्ने । तर, उनको गायन क्षमताले सांगीतिक बाटो तय गरिसकेको थियो ।
निर्देशक दिनेश राउतले पहिलो पटक नेपाल आइडलको प्रोमोमा देखेका हुन बिक्रम बराललाई । बिक्रमको टोन र भर्सटायलिटी उनलाई त्यति बेलै मन पर्यो । जब आइडलका श्रृखलाहरुमा बिक्रमले आफ्नो प्रस्तुति दिदै गए दिनेशले त्यति बेलै एउटा अठोट लिएछन् एकदिन बिक्रमसँग अवश्य काम गर्छु । बिक्रम जस्तो शव्द शव्दलाई फिल गरेर गाउन सक्ने गायकलाई प्लेव्याक गराउँदा त्यसले चलचित्रलाई नै फाइदा पुग्छ भन्ने उनको ठहर थियो । बिक्रमको सुरताल, टोन क्वालिटी, भर्सटायलिटी र गीतलाई फिल गरेर गाउन सक्ने क्षमता उनलाई मन परेको रहेछ । यो बिचमा दिनेशको निर्देशन रहेको चलचित्र प्रसाद नेपाल आइडलको मुभी पार्टनरको रुपमा आवद्ध थियो । यता चलचित्रको एउटा गीत फाइनल हुन बाँकी नै थियो । निर्देशकले आफ्नो सोच निर्माता सुभाष थापालाई सुनाए । उनीहरुको कुरा भएपछि यही कुरा संगीतकार सुवास भुषाललाई भनियो । संगीतकारले बिक्रमले शव्दलाई महशुस गरेर गाउन सक्ने विश्वास राख्दै गीतमा बिक्रमको स्वर सुहाउने बताए । अन्ततः डमी भ्वाइसमा छायाँकन सकेको त्यही गीतमा बिक्रमको स्वर राख्ने तय भयो ।
अघिल्लो साता बिक्रम आफ्नो करियरको पहिलो व्यवसायिक गीत रेकर्डिङ्गको लागि स्टुडियो पुगे । स्टुडियो पुग्दा अर्को अचम्ममा परे । बिक्रमले गीत रेकर्ड गरेको कभर गर्न थुप्रै सञ्चारमाध्यमका प्रतिनिधीहरु उपस्थित थिए । बिक्रम स्टुडियो भित्र छिरेर गीत गाउन के थालेका थिए, क्यामराका लेन्सहरु उनी तर्फ सोझिए । पहिलो गीत रेकर्डिङ्ग भएकोले उनी केही नर्भस हुनु स्वभाविक नै थियो । त्यसमाथी प्रसादका यसअघिका गीतहरुले सफलता पाइरहेको अवस्थामा आफ्नो गायन कस्तो होला भन्ने डर र कौतुहला पनि थियो उनमा ।
जुन दिन उनले प्रसादको गीत गाउने अफर पाए त्यसको भोलिपल्ट बाट एउटा कुरा मनमा खेल्न थाल्यो – ‘गीत पो कस्तो हुने हो ।’ गीत राम्रो भयो भने नेपाल आइडलको यात्रालाई सहयोग हुन्थ्यो अन्यथा व्याक फायर हुन सक्थ्यो । नेपाल आइडलको दौरान निर्णायक अनि दर्शकबाट प्राप्त प्रतिक्रिया र मायालाई जोगाइराख्नु थियो । अनि सोचे हामी ८ जना प्रतिष्पर्धी मध्ये मलाई नै रोज्नुको कारण मेरो स्वर नै त्यो गीतमा फिट हुने भएर होला । मैले गीतलाई न्याय गर्न सक्ने ठानेर नै मलाई रोजेका होलान । व्यवसायिक मान्छेले अन्यथा मलाई नै किन रोज्थे होला र ।
गीत रेकर्ड अघि सम्मको डर अब भने उत्साहमा परिणत भइरहेको थियो । नहोस् पनि किन चलचित्रका निर्देशक, संगीतकार अनि मेन्टर उनको गायकी बाट खुशी थिए । बिक्रमले स्यावासी बटुलिरहेका थिए । हुन त बिक्रम जस्तो सुकै गीत गाउन सक्ने गायक हुन । तर, उनकै भनाईलाई मान्ने हो भने यो गीत उनको कम्फर्ट जनरा होइन । यद्यपी नेपाल आइडलको दौरान उनले सिकेका थिए गीतलाई कसरी फिल गरेर गाउनु पर्छ भनेर । संगीतकारले गीतको टेक्निक सिकाए, निर्देशकले उनलाई चलचित्रको कथा अनि सिच्युएयन बताइदिए । एउटा गायकले त्यो सिच्युयसन बुझ्यो भने गायकीमा त्यही फिल दिन सक्ने भएकोले राउत आफ्ना चलचित्रको गीत रेकर्ड अघि यसैगरि सिच्युयसन बताइदिन्छन् । सायद त्यसैले होला बिक्रमले पनि मज्जैको फिल दिएर गाए ।
रेकर्डपछि बिक्रमले आफ्नो करियरको लागि यो गीत महत्वपूर्ण हुने बताए । आफ्ना मेन्टर इन्द्रराज परियारको भनेको कुरामा सहमत हुँदै गीतले आफ्नो सांगीतिक यात्रालाई थप उचाईमा पुर्याउने विश्वास लिए ।
*****
बिक्रमको गीत रेकर्ड हुँदा नेपाल आइडलमा उनको मेन्टर रहेका इन्द्रराज परियार पनि स्टुडियोमै आएका थिए । बिक्रमको गीत सुनेपछि उनी पनि निकै खुशी देखिन्थे । खुशी नहुन पनि किन झण्डै ३ महिना उनले कोच गरेका छन् बिक्रमलाई । नेपाल आइडलमा छानिएका सबै प्रतिष्पर्धीलाई संगीत साधना गराउने जिम्मा पाएका थिए इन्दले । सोही अनुरुप बिक्रमलाई पनि संगीत साधना गराइरहे ।
अडिशन बाट नै बिक्रमको सुर र तालको प्रसंसा त भएको थियो यद्यपी उनलाई निखार्न इन्द्रको अहम् भुमिका रह्यो । खासगरि इन्द्रले बिक्रमलाई गीतको टेक्निकहरु अनि फिलमा कसरी गाउने भन्ने कुरा सिकाउन बढी मेहनत गरे । बिक्रमको शब्द उच्चारणमा पोखरा आसपासको टोन बढी आउथ्यो रे । त्यसलाई पनि सुधार गराए ।
बिक्रमलाई जस्तै इन्द्रलाई पनि लागेको थियो प्रसादको गीत कस्तो पो हुने हो भनेर । हुन त बिक्रम जस्तो सुकै गीत गाउन पनि सक्षम थिए । तर, प्रतिष्पर्धामै रहेका कारण उनको पहिलो व्यवसायिक गीत उत्कृष्ट भएन भने नेपाल आइडलको यात्रालाई समेत असर गर्न सक्थ्यो । त्यसैले इन्द्र आफै बिक्रमलाई लिएर चलचित्रको अफिस पुगेका थिए । गीतको प्राक्टिसमा पनि बसेका थिए । रेकडिङ्गमा पनि आएका थिए । एउटा अभिवावकले गर्नुपर्ने सबै जिम्मेवारी बहन गर्दै थिए ।
तर, जब बिक्रमसँगै इन्द्रले पनि गीत सुने उनलाई निकै खुशी लाग्यो । गीत दिपचण्डी तालमा तयार भएको थियो । सुन्दै मन छुने कम्पोज थियो । बिक्रमका लागि उपयुक्त थियो गीत । दिपचण्डी तालमा भएको गीत कहिल्यै पुरानो नहुने भन्दै इन्द्रले यो गीतले बिक्रमको जीवनमा नयाँ मोड दिनुका साथै सांगीतिक यात्रामा थप उचाई दिने विश्वास लिए ।
मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्र प्रसादमा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।
लेखक बारे थप जानकारी
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri