This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
छोरालाई डेब्यु गराउँदै बिमल पौडेलले ‘प्रेमपूजा’को सिक्वेल बनाउने

‘प्रेमपूजा’ प्रदर्शनको झण्डै तिन दशक पछि सिक्वेल बन्ने भएको छ । बिमल पौडेलको निर्देशनमा बन्ने चलचित्रको नाम ‘दि प्रेमपूजा–२’ राखिएको छ ।
निर्देशकका रुपमा स्थापित भएपनि बिमल पौडेलले यही चलचित्रमा अभिनय गर्दै कलाकारका रुपमा यस क्षेत्रमा डेब्यु गरेका थिए । सिक्वेलबाट पौडेलले आफ्नै छोरा सफल पौडेललाई यस क्षेत्रमा ल्याउँदैछन् ।
निर्माण टिमले फष्ट लुक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिएको हो । बिसुद्ध प्रेम कथामा निर्माण हुने चलचित्रमा सफलका अलवा एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहनेछ । त्यस्तै सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल लगायतका कलाकारको पनि अभिनय रहने छ ।
‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहने चलचित्रमा गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहनेछ भने छायाँकन महेन्द्र थापाको रहने छ ।
निर्देशक पौडेलकै लेखन रहने चलचित्रको छायाँकन पौष मध्यतिरबाट शुरु हुने जनाइएको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral