Bimlesh Adhikari
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
छायाँकनको नौ वर्षपछि प्रदर्शनको तयारीमा ‘तुलसी’

चलचित्र ‘तुलसी’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो नै मायामा’ बोलको गीतमा शान र साधना सरगमको स्वर, सुरेश अधिकारीको शव्द र रञ्जित गजमेरको संगीत रहेको छ ।
२०६७ बैशाखबाट छायाँकन आरम्भ भएको यो चलचित्रले शुरुदेखि नै विविध कारणले गर्दा अबरोधको सामना गर्नु परेको थियो । बजेट अभावका कारण छायाँकन शुरु भएको केही समयमा रोकिएको ‘तुलसी’ सोही वर्ष पौष २७ गतेबाट पुनः छायाँकनमा गएको थियो । छायाँकनको शुरूवातमा रहेका प्रोडक्सन म्यानेजर गणेश ढकाल र क्यामेराम्यान दिपक बज्रचार्यसँग मतभेद भएपछि दोस्रो चरणको छायाँकनमा भने उनीहरु बाहिरिएका थिए ।
२०६८ साल फागुन २४ गते होलीको अवसरमा आफ्नो पहिलो प्रोमो सार्वजनिक गर्दै २०६९ सालमा प्रदर्शन हुने जनाइएको थियो । यद्यपी चलचित्र प्रदर्शन हुन सकेन । बरु यसका निर्माता, निर्देशक र कलाकार अमेरिका पलायन भएपछि प्रदर्शन नै अनिश्चित बन्यो । अहिले पनि चलचित्र हलमा प्रदर्शन हुन लागेको भने होइन । चलचित्रलाई युट्युव रिलिज गरिने जनाइएको छ ।
छायाँकनको समयमा वल्र्डवाईड मुभि मेकर्सको व्यानरमा ऋचा प्रोडक्सनको प्रस्तुती रहेको यो चलचित्रको अधिकार यतिबेला मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रालिले लिएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर अतिथी भुमिकामा देखिएका छन् ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota