This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत ‘झुम्की’ सार्वजनिक

चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत सार्वजनिक गरिएको छ । तिहारको अवसर पारि एक कार्यक्रमका बिच चलचित्रमा समावेश आइटम सङ ‘झुम्की’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रियंका कार्की, सलोन बस्नेत, बिनोद न्यौपाने प्रमोद अग्रहरीलगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने मिना निरौला र राजन इशान स्वर छ ।
सुव्रतराज आचार्यको निर्देशन रहेको चलचित्रको कथा पनि उनैको हो भने पटकथा अभिमन्यू निरवीको र सम्बाद अभिमन्यु र निर्देशक आचार्यको रहेको छ । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका अतिथी भुमिकामा देखिएको बताइएको छ ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । मंसिर २८ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri