This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दर्शकबाट घेरिए बिराज

चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । सिंगल थिएटरहरुमा अब्बल देखिएको चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न बिराज शनिबार दिउसो गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।
नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित पुगेका बिराजलाई देखेपछि दर्शकहरुले घेरिहाले । उनीसँग सेल्फी खिच्ने दर्शक संखया उल्लेख्य थियो । केही बेर त विराजलाई दर्शकले बोकेर नै हुटिङ गरेका थिए । धेरैले विराजलाई बाघ फर्किएको समेत भने ।
गोपिकृष्ण हलमा विराजले आफ्नो दर्शकको लागि चलचित्रको संवाद बोलेर सुनाए । उनले ‘साङ्लो’ बाहेक आफ्नो पूराना चलचिहरुको संवाद पनि बोलेका थिए । सिंगल थियटरमा अब्बल व्यापार गरिरहेको चलचित्रलाइृ बिराज आफैले निर्देशन गरेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri