This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘साङ्लो’ पोष्टरमा बिराजको एक्सन अवतार
प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेता बिराज भट्टको एक्सन अवतार प्रस्तुत गरिएको छ ।
यस्तै यसअघि कात्तिक १५ मा आउने घोषणा गरिएको चलचित्रको मिति परिवर्तन गर्दै महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने जनाइएको छ । एक्सन जनराको यो चलचित्रलाई अभिनेता बिराज भट्टले निर्माण निर्देशन गरेका हुन् । यो बिराजको निर्देशनमा डेव्यु चलचित्र हो ।
चलचित्रमा विराज भट्ट, निकिता चाण्डक, प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा बिराज र तेज बहादुर खड्काको लगानी रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, शिवम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा चलचित्रको छायाँकन गरिएको हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri