Bishnu Subedi   Film Journalist

News

‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न

लेन्सनेपाल २०७८ कार्तिक २७
‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न

‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित गरिएको छ । यस्तै पत्रकार डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईं  ‘राष्ट्रिय पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको छ ।

आधुनिक, लोक तथा फिल्म गीतका गरेर ४ दर्जन विधामा अवार्ड बाँडिएको कार्यक्रममा सम्मानित र अवार्ड प्राप्त गर्नेहरुको बिस्तृत विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला ।

Birat Music And Film Award 2078 - Winner Details