News
कलाकार र पत्रकारलाई सम्मान गर्दै नेपाल साँस्कृतिक कला मन्दिर

नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार र पत्रकारलाई सम्मान गर्ने भएको छ । मन्दीरको आयोजनामा फागुण २७ र २८ गते चन्द्रागिरी, मच्छेगाँउमा सम्पन्न हुने वृहत साँस्कृतिक कार्यक्रमका कलाकार र पत्रकारलाई सम्मान गर्न लागिएको हो ।
प्राप्त जानकारी अनुसार पहिलो दिनको कार्यक्रममा गायक एवं कलाकारहरु मिरा पोखरेल, विष्णु बराल, माण्डवी त्रिपाठी, मुकेश पण्डित, पुजा, किशोर शाही, कविराज गहतराज, बिकेश शाही लगायतका कलाकारलाई सम्मान गरिने छ । यस्तै दोस्रो दिन अर्थात फागुण २८ गते समापन कार्यक्रममा पत्रकारंद्वय विष्णु सुवेदी र सानुकाजी श्रेष्ठका साथै गायिकाहरु रचना रिमाल, समिक्षा अधिकारी, अस्मिता अधिकारी, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ र मोडल साक्षी लम्साललाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि वार्षिक रुपमा यो कार्यक्रम हुँदै आएको छ । रमेश शाहीको नेतृत्वमा २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले कला संस्कृतिको संरक्षणका लागि साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
पुर्व मन्त्री राजेन्द्र कुमार केसीद्वरा उद्घाटन हुने वृहत साँस्कृतिक कार्यक्रमको बिशेष अतिथिमा चन्द्रगिरी नगर प्रमुख घनश्याम गिरी रहने छन् । अतिथिहरुलाई नेवारी पोशाकमा ९ नं. वडा परिक्रमा गराई कार्यक्रमाको सुरुवात गरिने जनाइएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri