RemembringChhetan Gurung
News
निर्देशक तथा लेखक छेतन गुरुङको अन्त्येष्टि

निर्देशक तथा लेखक छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
निर्देशक गुरुङप्रति अन्तिम श्रद्धाञ्जली दिन गुम्बामा विभिन्न चलचित्रकर्मीहरु पुगेका थिए । अन्तिम श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै प्रदीप खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, झरना थापा, दिनेश राउत, सन्तोष सेन, कविराज गहतराज, क्रिस्टिना गुरुङलगायतका चलचित्रकर्मीहरु उपस्थित थिए ।
गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ बर्षको अल्पआयु मै निधन भएको हो । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।
नोभेम्बर रेन, क्लासिक, डायरी र ए मेरो हजुर ३ को स्कृप्ट लेखेका छेतनले डमरुको डण्डिबियो र प्रेमगीत ३ को लेखन तथा निर्देशन गरेका थिए । उनले चलचित्र आभाषको एक गीत लेख्नुका साथै संगीतसमेत गरेका छन् । उनी निर्देशित चलचित्र प्रेमगीत प्रदर्शनका लागि तयारी अवस्थामा छ । पछिल्लो समय उनी चलचित्र हुतुतु को स्क्रिप्ट लेखनमा व्यस्त थिए ।
गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए । यस्तै निर्देशकका रुपमा पनि गुरुङ पहिलो चलचित्रबाट नै अब्बल साबित थिए । उनले निर्देशन गरेको पहिलो चलचित्रबाट २०७६ सालको कामना फिल्म अवार्डमा उत्कृष्ट नवनिर्देशक र २०७६ सालको डि सिने अवार्डमा जुरी अवार्ड हात पार्न सफल भएका थिए ।
स्वर्गिय गुरुङको दिवंगत आत्मको चिर शान्तिको कामना ।
तस्विर सौजन्य : फिल्मीखबर डटकम
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri