RemembringDeepak Chhetri
Movie's Credit : Cast
News
कलाकार दीपक क्षेत्रीको अन्तेष्टि सोमबार गरिने

शनिबार दिवंगत भएका कलाकार दीपक क्षेत्रीको अन्तेष्टि सोमबार गरिने भएको छ । क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भए पनि मृत्युको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
सोमबार विहान पोष्टमार्टम पछि चलचित्र विकास बोर्डको प्राङ्गडमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ । स्वर्गिय क्षेत्रीकी श्रीमती विपना बस्नेत छोरीसँग मलेशियामा भएका कारण अन्त्येष्टिमा ढिलाई भएको हो ।
शुक्रबार साँझ एक चलचित्रको डबिङ्ग सकेर क्षेत्री डिल्लीबजारमा रहेको घरमा सुतेका थिए । आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका क्षेत्री शनिबार बिहान नउठेको र छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत्य अवस्थामा भेटिएको जनाइएको छ ।
गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri