Dikpal Karki
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
शर्मिला मल्ललाई ‘लिजेन्ड्री सिने नायिका’ सम्मान, लेन्स नेपालकर्मी सुबेदीलाई ‘बेष्ट सिने जनार्लिट’ अवार्ड
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अवार्डमा विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिएको छ ।
समारोहमा बरिष्ठ अभिनेत्री शर्मिला मल्ललाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका–२०२१’ अवार्डबाट सम्मानित गरियो । शर्मिलाको सम्मानमा उनको विभिन्न चलचित्रका गीतहरुमा विभिन्न कलाकारले नृत्य गरेका थिए ।
यस्तै लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई ‘बेष्ट सिने जनार्लिट’को अवार्ड प्रदान गरिएको छ । लेन्सनेपालका सस्थापक समेत रहेका सुबेदीले चलचित्र पत्रकारिताका माध्यमबाट गरिरहेको कामको मुल्याङकन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएका छन् ।
शसस्त्र प्रहरी बलका महानिरिक्षक तथा बरिष्ट गीतकार शैलेन्द्र खनाल (सरद)को प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा, संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तानलगायत विभिन्न कलाकारहरु विशेष अतिथि थिए ।
समारोहमा ट्रफीको अनावरण गर्दै अग्रज गीतकार तथा शसस्त्र प्रहरी बल प्रहरी महानिरिक्षक खनालले यस्ता म्युजिक भिडियो अवार्डले चलचित्र, गीत सँगीत तथा म्युजिक भिडियो क्षेत्रमा कार्यरत कलाकारलाई अघि बढ्न अझ धेरै प्रेरणा मिल्ने भनाई राखे । अग्रज देखि नयाँ पुस्तासम्मलाई पुरस्कृत गर्नु अवार्ड समारोहको विशेषता भएको उनले बताए ।
कार्यक्रममा बिभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए । माहिरो फेशन एन्ड डिजाईनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म प्रालि र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा सम्पन्न यो अवार्डलाई अभिनेताद्धय यसराज गराच, दीक्पाल कार्की र अभिनेत्री तेजुला खतिवडाले सँयुक्त रुपमा आयोजना गरेका हुन् ।
सम्मान तथा अवार्ड प्रदान गरिएका विधाहरु
क.बिशिष्ट योगदान सम्मान
१. स्पर्श म्युजिक भिडियो लिजेन्ड्री नायिका अवार्ड – बरिष्ट नायिका शर्मिला मल्ल
२. लिजेन्ड्री कोरियोग्राफर अवार्ड – बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठ
३. लिजेन्ड्री सिनेमाटोग्राफर अवार्ड – बरिष्ट छायाँकार शिब ढकाल
४. सर्वोत्कृष्ट चलचित्र पत्रकार – बिष्णु सुवेदी (लेन्स नेपाल)
५. सर्वोत्कृष्ट सिने मेकअप आर्टिष्ट – रितु राना
६. सर्वोत्कृष्ट चलचित्र महिला निर्देशक – सम्झना उप्रेती रौनियार
८. सर्वोत्कृष्ट पाश्र्व गायक – प्रताप दास (हर युग होस)
ख.सर्वोत्कृष्ट विधा
१. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – बिजेश पौडेल (सरिताका दिदी)
२. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार– लुज सिंह (चोरी मन सुटुक्क)
३. सर्वोत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर– केशब राज भट्ट (पिरिती बस्या)
४. सर्वोत्कृष्ट गीतकार डायस्पोरा – निर्मलराज परिवेश (चेप्टे सुन)
५. सर्वोत्कृष्ट बाल गायन– यस श्री मर्हजन (दया थात)
६. सर्वोत्कृष्ट गीतकार ः डब्बु क्षत्री ( हे गाजली)
७. सर्वोत्कृष्ट बाल मोडल– परिष्ना बास्तोला (पिरती लाउन सिकाईदेउ)
८. सर्वोत्कृष्ट राष्ट्रिय गीत भिडियो मोडल– रिचा थापा (नेपाली हुँ म)
९. सर्वोत्कृष्ट आधुनिक गीत मोडल महिला – आशा पौडेल (पिरती बस्यो)
१०. सर्वोत्कृष्ट पप गीत भिडियो मोडल महिला– एलिजा गौतम ( बिस्तारै बिस्तारै)
११. सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष– सागर लम्साल (तिम्रो मन)
१२. सर्वोत्कृष्ट म्युजिक भिडियो महिला निर्देशक – बिना श्रेष्ठ (न्याय मरेको देश)
१३. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक – मिलन चाम्स (सिमाना पारी)
१४. सर्वोत्कृष्ट म्युजिक भिडियो – सिमाना पारी (मिलन चाम्स)
ग. आधुनिक विधा
१. सर्वोत्कृष्ट आधुनिक गीतकार डायस्पोरा – कृष्ट क्षत्री (यो आँखा)
२. सर्वोत्कृष्ट आधुनिक गीत गायक – सिताराम पोखरेल ( काँडा उम्रियो)
३. सर्वोत्कृष्ट आधुनिक गीत गायिक – सुवानी मोक्तान (मायाँ होकी)
५. सर्वोत्कृष्ट आधुनिक गीत भिडियो एडिटर – दिनसन शाह ( पिरती बस्यो)
६. सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल पुरुष – जार्डन राजभण्डारी (वारा वारा)
घ.नवोदित विधा
१. सर्वोत्कृष्ट नव गायक, गणेश थापा (आयो तिम्रै राजा)
२. सर्वोत्कृष्ट नव मोडल, अनुभूति श्रेष्ठ (मनको माया)
३. सर्वोत्कृष्ट म्इुजिक भिडियो नव निर्देशक बिक्रमादित्य शाह (पिउन सुरु गरेपछि...)
ङ. मेकअप तथा ड्रेस विधा
१. सर्वोत्कृष्ट मेकअप आर्टिष्ट शैलजा शाह
२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर, कुसुम क्रियसन
च.आदिबासी विधा
१. सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो पुरुष मोडल – विश्वास जँग रायमाझी (बासुदेब)
२. सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो महिला मोडल– सनुता गिरी (फिक्का फिक्का
३. सर्वोत्कृष्ट आदिबासी गीत भिडियो निर्देशक – हिरा चौधरी (गाव मे देखम)
४. सर्वोत्कृष्ट आदिबासी म्युजिक भिडियो – वयागु जुला –सरस्वती मानन्धर
छ. लोक दोहोरी अवार्ड
१. सर्वोत्कृष्ट म्युजिक भिडियो एडिटर – पदम सुवेदी (फुर्के जुँगा)
२. सर्वोत्कृष्ट लोक दोहोरी गायक – चिज गुरुङ (सान्नानी)
३. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल पुरुष – सुधिर श्रेष्ठ (फुर्के जुँगा)
४. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल महिला– करिश्मा ढकाल (पुकुली)
५. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक – दीपक मान सिंह (जोवन)
ज. इमर्जिङ विधा
१. सर्वोत्कृष्ट इमर्जिङ महिला मोडल– आरध्यलक्ष्मी खड्गी
२. सर्वोत्कृष्ट इमर्जिङ पुरुष मोडल– युवराज खतिवडा
३. सर्वोत्कृष्ट लोक पप इमर्जिङ महिला मोडल– बिना रानामगर
४. सर्वोत्कृष्ट इमर्जिङ कोरियोग्राफर– आशिष नापित
झ. जुरी अवार्ड
१.गीतकार डायस्पोरा जुरी अवार्ड–उत्तम भण्डारी (किन रुन्छ मन)
२. म्युजिक भिडियो नव निर्देशक जुरी अवार्ड– अर्जुन भुसाल (ए प्रिया)
३. गायन तर्फको जुरी अवार्ड– छेवाङ लामा (जात)
४. म्युजिक भिडियो निर्देशक जुरी अवार्ड– देबेन्द्र पान्डे (मन बुढो भएन)
५. इमर्जिङ कोरियोग्राफर जुरी अवार्ड–तेन्जु योन्जन)
ञ. विविध सम्मान विधा
१.सक्रिय मोडलिङ योगदान–साक्षी लम्साल
२.सक्रिय अभिनय योगदान–रोहित रुम्बा
३. बेस्ट फेसन कोरियोग्राफर – हिमानी सुब्बा
४. बेष्ट रियालिटी शो कोरियोग्राफर– नरेश बीर सिंह
५ बेष्ट युथ इन्टरप्रेटर ः अभिशेषक लामा
६. स्पेशल एबल हिरो ः सानुबाबु बज्राचार्य
७. सोसियल हिरो सम्मान ः सुनिल खड्का
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



