Dinesh D.C.
Movie's Credit : Cast / Special Appearance / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist / Playback SingerSong's Credit : Cast / Director
News
नेपाल आउँदै बलिउड अभिनेता गोविन्दा, ३० गते आउने ३ दिन बस्ने
बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन ।
सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् । गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी टिना नेपाल आउने तय भएको छ । गोविन्दाको नेपाल बसाई ३ दिनका हुनेछ । सम्भवत उनी स–परिवार होट याक एण्ड यतिमा बस्नेछन् ।
नेपाल बसाईको क्रममा ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्डमा प्रमुख अतिथी भएर सहभागीता जनाउने गोविन्दले सम्भव भए ३१ गते साँझ नभए असोज १ गते सोमबार विहान पशुपतिनाथको पुजाआजा समेत गर्नेछन् । सुरक्षाका दृष्टिले अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।
पहिलो संस्करणमा बलिउड अभिनेता सत्रुघन सिन्हा र दोस्रो संस्करणमा माला सिन्हा र सिपी लोहनी अवार्डमा सहभागी थिए ।
यसैबिच एलजी सिनेमा सर्कल अवार्ड २०७५ का लागि २३ बिधामा उत्कृष्टहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ । २०७४ बैशाख १ गते देख चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्येबाट अवार्डमा सहभागी ६३ का आधारमा उतकृष्ट मनोनयन सार्वजनिक गरिएको अध्यक्ष डिसीले जनाएका छन् ।
यस्तो छ एलजी सिनेमा सर्कल अवार्ड २०७५ को मनोनयन ।
THE BEST POSTER OF THE YEAR
शत्रुगते – शान थापा र विजय बस्याल (टौवा क्रियशन)
छक्का पञ्जा – सुुन्दर श्रेष्ठ
राज्जा रानी – शान थापा र विजय बस्याल (टौवा क्रियशन)
पञ्चायत – सन्जिव खड्गी
प्रेमगीत २ – शान थापा र विजय बस्याल (टौवा क्रियशन)
THE BEST TRAILER OF THE YEAR
प्रेमगीत २ – साहिल खान
कृ – सुरेन्द्र पौडेल
ऐश्वर्य – साहिल खान
शत्रुगते – मित्र डि गुरुङ
म यस्तो गीत गाँउछु – साहिल खान
THE BEST STUNT OF THE YEAR
लाल्टिन – मिलन श्रेष्ठ
ऐश्वर्य – पुर्ण ओझा
पींजडा ब्याक अगेन – सिम्पसन तामाङ
रुद्र – विरु पन्त
ऐश्वर्य – सिम्पसन तामाङ
(नेपाल चलचित्र द्धन्द संघको टप १० सिफारीसको आधारमा छनौट गरिएको )
THE MOST POPULAR SONG OF THE YEAR
कुटुमा कुटु – २ रुपैयाँ – राजनराज शिवाकोटी
तिमी रोएको पल – ऐश्वर्य – अर्जुन पोख्रेल
चरी चट्ट परि – कान्छी – राजनराज शिवाकोटी
भन्छु आज – म यस्तो गीत गाँउछु – अर्जुन पोख्रेल
पर्ख पर्ख मायालु – मंगलम – दिपक शर्मा
नोट : कपि विवादमा परि कपी भनी प्रमाणीत भएका गीतहरुलाई समावेश गरिएको छैन ।
THE BEST VFX OF THE YEAR
पिंजडा व्याक अगेन – अक्की शर्मा
राधे – अच्युत लामीछाने
कान्छी – अनुपम शाह
कृ – ग्लेज ईन्टरटेनमेन्ट
बटरफ्लाई – अक्की र सत्यम
माई लभ – नाओत्सुगु मिकामी
THE MOST COMMENDABLE MOVIE OF THE YEAR
भुईमान्छे
पञ्चायत
राज्जा रानी
तान्द्रो
तिमीसँग
जालो
THE MOST POPULAR ACTOR (MALE) OF THE YEAR
दिपक राज गिरी – छक्का पञ्जा
प्रदिप खड्का – लिलिविली
अनमोल केसी – कृ
प्रशान्त ताम्राकार – ऐश्वर्य
केदार घिमीरे – छक्का पञ्जा
THE MOST POPULAR ACTOR (FEMALE) OF THE YEAR
साम्राज्ञी राज्यलक्ष्मी शाह – ए मेरो हजुर २
श्वेता खड्का – कान्छी
प्रियंका कार्की – छक्का पञ्जा
केकी अधिकारी – राज्जारानी
स्वस्तिमा खड्का – २ रुपैयाँ
THE BEST EDITOR OF THE YEAR
छक्का पञ्जा २ – विपीन मल्ल
कृ – सुरेन्द्र पौडेल
प्रेमगीत २ – बनिश शाह र भुपेन्द्र अधिकारी
शत्रुगते, मंगलम – मित्र डि गुरुङ
लिलिबिलि – अर्जून जिसी
THE BEST BACKGROUND SCORE OF THE YEAR
तान्द्रो – सुजिल कर्मचार्य
लिलिविली – एलिस कार्की
तिमीसंग – साहास शाक्य
शत्रुगते – सुजिल कर्मचार्य
मंगलम – एलिस कार्की
THE BEST SCREENPLAY OF THE YEAR
पञ्चायत – शिवम अधिकारी
छक्का पञ्जा – दिपक राज गिरी
२ रुपैयाँ – आशिफ शाह र आशिष शाह
तिमीसँग – शिशिर राणा, शुशील क्षेत्री, सुमन उप्रेती र सागर ओझा
शत्रुगते – हरिवंश आचार्य, प्रदिप भट्टराई र दिपकराज गिरी
भुईमान्छे – नवराज बुढाथोकी
मंगलम – गोविन्द फुयाल र नवल नेपाल
TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR
प्रताप दास – मोटरसाईकलमा – प्रेम गीत २
सुगम पोखरेल – तिमी रोएको पल – ऐश्वर्य
राजनराज शिवाकोटी – चरी चट्ट परि – कान्छी
राजेश पायल राई – उकालीमा जाँदा जाँदा – ए मेरो हजुर
सुगम पोखरेल – भन्छु आज – म यस्तो गीत गाँउछु
कृष्ण काफ्ले – पर्ख पर्ख मायालु – मंगलम
राजनराज शिवाकोटी – कुटुमा कुटु – २ रुपैयाँ
TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR
मेलिना राई – कुटुमा कुटु – २ रुपैयाँ
मिना निरौला – शत्रुगते – रुपै मोहनी
बिन्दु परियार – पर्ख पर्ख मायालु – मंगलम
अन्जु पन्त – तिमी रोएको पल – ऐश्वर्य
इन्दीरा जोशी – मोटरसाईकलमा – प्रेमगित २
अन्जु पन्त – भन्छु आज – म यस्तो गीत गाँउछु
THE BEST ACTION DIRECTOR OF THE YEAR
अष्ट महर्जन – भुईमान्छे
हिमाल केसी – पींजडा व्याक अगेन
चन्द्र पन्त – कृ
हिमाल केसी – ऐश्वर्य
राजकुमार उप्रेती – डायरी
रोशन श्रेष्ठ – लाल्टीन
THE BEST CHOREOGRAPHER OF THE YEAR
प्रविन सिं – पिरतिको बर्काे – शत्रुगते
कविराज गहतराज – कुटुमा कुट – २ रुपैयाँ
रेनाशा राई – यतियति पानी – कृ
रामजी लामीछाने – राधे – मलाई माफ गर प्रिया
कविराज गहतराज – मंगलम – पर्ख पर्ख मायालु
THE BEST ON - SCREEN COUPLE OF THE YEAR
दिपीका प्रसाइ र रमेश उप्रेति – ऐश्वर्य
मेनुका प्रधान र बुद्धी तमाङ – २ रुपैयाँ
केकी अधिकारी र नाजिर हुसेन – राज्जा रानी
प्रदिप खड्का र जसिता गुरुङ – लिलिबिली
साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन – तिमीसँग
पल शाह र आँचल शर्मा – शत्रुगते
निखिल उप्रेती र सारा सिर्पाइली – पींजडा व्याक अगेन
THE BEST MUSIC DIRECTOR OF THE YEAR
कल्याण सिंह – कसम हो कसम – ए मेरो हजुर
अर्जुन पोखरेल – तिमी रोएको पल – ऐश्वर्य
राजनराज शिवाकोटी – कुटुमा कुटु – २ रुपैयाँ
दिपक शर्मा – पर्ख पर्ख मायालु – मंगलम
अर्जुन पोखरेल – भन्छु आज – म यस्तो गित गाँउछु
डिजराज पौडेल – जिन्दगी – लाल्टीन
THE BEST DOP OF THE YEAR
दिर्घ गुरुङ – शत्रुगते
संञ्जय लामा – ए मेरो हजुर
विदुर पाण्डे – भुईमान्छे
पुरुषोत्तम प्रधान – तान्द्रो
सुदिप बराल – लिलिविली
हरी घले लामा – जालो
THE BEST ACTOR (FEMALE) OF THE YEAR
साम्राज्ञी राज्यलक्ष्मी शाह – मंगलम, ए मेरो हजुर, तिमीसँग
निता ढुंगाना – पञ्चायत
बेनिशा हमाल – ब्लाईण्ड रक्स
शिल्पा पोखरेल – मंगलम
प्रीयंका कार्की – छक्कापञ्जा
THE BEST ACTOR (MALE) OF THE YEAR
सरोज खनाल – पञ्चायत
राज कटुवाल – लाल्टिन
दयाहाँग राई – तान्द्रो
अनमोल केसी – कृ
प्रदिप खड्का – लिलिविलि
नाजिर हुसेन – तिमीसँग
पुष्पल खड्का – मंगलम
THE LIFETIME ACHIEVEMENT AWARD
बरिष्ठ चलचित्र निर्देशक किशोर राना
THE BEST DIRECTOR OF THE YEAR
भुईमान्छे – नवराज बुढाथोकी
छक्का पञ्जा २ – दीपाश्री निरौला
शत्रुगते – प्रदिप भट्टराई
लिलिविली – मिलन चाम्स
मंगलम – नवल नेपाल
पञ्चायत – शिवम् अधिकारी
तिमीसँग – शिशिर राणा
THE BEST FILM OF THE YEAR
छक्का पञ्जा २ – आमा सरस्वती मुभिज
पञ्चायत – कलावती फिल्मस् प्राली
शत्रुगते – मह संचार
लिलिविलि – काफिया फिल्मस् र सुदिप खड्का प्रोडक्सन
भुई मान्छे – शैली थियटर
मंगलम – छविराज प्रोडक्सन
तिमीसँग – नमन प्रोडक्सन
अध्यक्ष डिसीका अनुसार आवश्यकताका आधारमा उल्लेखित २३ बिधा बाहेक अन्य दुई बिधामा उल्लेखनिय प्रस्तुति दिने कलाकार तथा प्राबिधिकलाई विशेष अवार्ड प्रदान गर्न सकिने छ ।
New Releases (Magh 4)
-
Actor
Director : Madan Ghimire
Casts : Saroj Khanal, Krishna Malla, Prince Thapa, Siwani Giri, Kashish Dahal