Dinesh D.C.
Movie's Credit : Cast / Special Appearance / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist / Playback SingerSong's Credit : Cast / Director
News
डिसीले सम्हाले बोर्ड अध्यक्षको पदभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । आइतबार सञ्चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका उनले सोमबार बिहान चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार सम्हालेका हुन् । डिसीले आफ्नो कार्यकक्षमा प्रवेश गरेपछि श्रीमद्भगवद गीता ढोगेर संस्कृतमा मन्त्रोच्चारण गरे ।
पदभार ग्रहण गर्दै उनले बोर्डमा आफ्नो पहिलो कार्यको रुपमा चलचित्र ‘ज्ञान शास्त्र’लाई प्रदान गरिने निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । अध्यक्ष डिसीलाई बोर्डका कर्मचारीहरुले फूलमाला लगाउँदै स्वागत गरेका थिए भने उनलाई बधाई दिन उल्लेख्य मात्रमा चलचित्रकर्मीको समेत उपस्थिति थियो । पदभार ग्हण पछि मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए ।
पदभार ग्रहण पछि डिसी बोर्डको हलमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । उक्त समारोहमा चलचित्र क्षेत्रका बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधि सहित बिभिन्न चलचित्रकर्मीले शुभकामना दिए । डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri