Dinesh Raut
Movie's Credit : Special Appearance / Director / Producer / Chief Ass. Director / Ass. Director / Lyricist / Choreographer
News
दिनेशको ‘पूजार सार्की’मा आर्यन र प्रदीप

दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा दुई सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ देखिने भएका छन् । लभस्टोरी चलचित्रमा बलियो पकड बनाएका यि दुई स्टारले पहिलो पटक एकसाथ स्कृन सेयर गर्न लागेका हुन् ।
डेढ वर्ष अघि देखि चलेको आर्यन र प्रदिपलाई लिएर चलचित्र बनाउँदै दिनेश भन्ने चर्चालाई आइतबार उनले पुष्टि गरेका हुन् । दुवै कलाकारसँगको तस्बीर फेसबुकमा सार्वजनिक गर्दै दिनेशले लेखेका छन् – ‘धेरै समय अगी देखी यि दुई कलाकार सँगै एकै चलचित्रमा काम गर्दै, भन्ने बिषय लाई तपाई संचारकर्मी, सुभचिन्तक तथा दर्शकहरू ले दिनु भएको चासो, जिज्ञासा र सकारात्मक प्रतीकृया प्रती आाभारी रहदै चलचित्र ‘पूजार सार्की’मा दुबै कलाकार दुई मुख्य पात्रको भुमीकामा रहने जानकारी रूप दिन चाहान्छु ।’ यसअघि दिनेशले आर्यनसँग तीन र प्रदिपसँग एकवटा चलचित्रमा सहकार्य गरिसकेका छन् ।
संगीतकार सुभाष भुषालको निर्माण रहने चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि दिनेश निर्देशित ‘प्रकाश’ पनि बिकासले नै लेखेका थिए । वास्तविक कथा र पात्रबाट प्रभावित भएर बन्न लागेको चलचित्रको छायांकन आगामी माघदेखि सुरु हुनेछ । एउटा कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर चलचित्र बन्न लागेको लेखक सुबेदीले जनाएका छन् ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota