Dinesh Raut
Movie's Credit : Special Appearance / Director / Producer / Chief Ass. Director / Ass. Director / Lyricist / Choreographer
News
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ । बुधबार राजधानीमा सम्पन्न फेष्टिवलमा ‘प्रकाश’बाट उत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउतले, उत्कृष्ट लेखकको अवार्ड बिकास सुबेदीले र उत्कृष्ट अभिनेताको अवार्ड प्रदिप खड्काले प्राप्त गरेका छन् । यस्तै अभिनेत्री नम्रता सापकोटाले ‘डेसान’बाट उत्कृष्ट अभिनेत्री र सोही चलचित्रबाट कमल एक्चै मगरले नवनिर्देशकको अवार्ड प्राप्त गरे ।
राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहितका बरिष्ठ कलाकर्मीहरुले विजेतालाई ट्रफी हस्तान्तरण गरेका थिए । बिभिन्न देशका फिचर चलचित्र, छोटा चलचित्र, डकुमेन्ट्री लगायत सहभागि रहेको फेस्टिवलमा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड प्रदान गरेकोे थियो ।
समारोहमा दर्शनबीर शाक्यले नेपाल भाषाको ईन्दायणीवाट सर्ट फिल्म निर्देशक (नेपालभाषा) को अवार्ड हात पारे, त्यस्तै गरी तीर्खावाट प्रशन्न मालीले वेष्ट सर्ट फिल्म, किड्न्यापवाट ज्ञानेन्द्र कोईरालाले सर्टफिल्म निर्देशक, दुःखी बुहारी वाट श्रृजना कार्कीले सर्ट फिल्म लेखक, अहम प्रेमवाट ज्ञानेन्द्र खतीवडाले सर्ट फिल्म छायाँकारको अवार्ड हात पार्न सफल भए । सम्पादक गौतम खड्काले भोजपुरी चलचित्र कलयुगकी पाँञ्चालीवाट सम्पादकको अवार्ड हात पार्दा राहुल राईले चलचित्र मिलनवाट उत्कृष्ट चलचित्र छायांकार, राजन खरेलले खहरे पाँगु बृत्तचित्रको उत्कृष्ट छायांकार र जुगल ःअ सिम्वोल अफ अनवईरिङ वाट लव प्याकुरेल उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड हात पारेका थिए ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ डुक बक्स ईलिङटन (आयरल्याण्ड) लाई उत्कृष्ट डकुमेन्ट्रि फिल्म, द रोड (भारत) लाई उत्कृष्ट फिल्म, फोर्स (ईरान) लाई उत्कृष्ट कथा, द लाईट बल्व (भेनेजुएला) लाई उत्कृष्ट छायांकार र फिडलस्ट्रिक (ईजिप्ट) चलचित्रवाट एजिडिन एफडेल हेडीलाई उत्कृष्ट निर्देशक अवार्ड प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचारकर्मी बाबुराम सिग्देल, गायिका रोशनी रसाईली, ईभेन्ट म्यानेजर सन्तोष सुवेदी, गायकहरु ओम सुनार र अमृत खाती, अभिनेत्रीहरु आशा भुषाल र उषा खनाल सम्मानित भएका थिए ।
फेष्टिवलको निर्णाकहरुमा चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख थिए भने नाट्यकर्मी केदारनाथ पौडेल, निर्देशक जीवन थापा, अभिनेता प्रवण भुषाल, गायिका सुजता केसी, लेखक तथा साहित्यकार भिष्मराज फुलारा, संगीत संयोजक राकेश सोनी, संचारकर्मी चक्र कुँवर, मेकअप आर्टिष्ट विक्रम गौतम, अभिनेता तथा कोरियोग्राफर लिगेश भट्टराई निर्णायक सदस्यका रुपमा रहेका थिए । निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



