Dipendra K. Khanal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आमासँग ‘आमा’ निःशुल्क हेर्नु पाइने

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ ।
प्राप्त जानकारी अनुसार काठमाण्डौका केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ । निर्माण पक्षले काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने व्यवस्था गरेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । उनका अनुसार ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ गरिएको यो व्यवस्था उक्त हलमा शोहरु परिवर्तन नभएसम्म यथावत रहने छ ।
निर्देशक खनालकै कथा रहेको चलचित्रमा उनकै छायाँकन, दिर्घ खड्काको सम्पादन र सुवास भुसालको संगीत रहेको छ । चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।
डिएस डिजिटलको व्यानरमा निर्मित चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota