Dipendra Lama
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लाखे’ निर्माताको चलचित्र निर्देशन गर्दै दीपेन्द्र

निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र ‘साइन’ गरेका छन् । लगालग हिट चलचित्र दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी चलचित्रमा अनुबन्धित भएका हुन् ।
‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्र निर्देशीत ‘छ माया छपक्कै’ पछि ‘दुई नम्बरी’ हिट भइसकेको छ । उनले केही दिन अघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ चलचित्र ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गरेका थिए । हिमाल शर्माले निर्माण गर्ने सो चलचित्रको सुटिङ चैत्र महिनामा हुदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो चलचित्र फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिएका छन् ।
यसअघि ‘लाखे’ चलचित्र निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने चलचित्रको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन् । समीर घले सहनिर्माता रहेको चलचित्रको कलाकार र प्राबिधिक चयन कार्य केही समयमै गरिने बताइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri