Diwakar Bhattarai
Movie's Credit : Director / Associate Director / Story / Screenplay / Dialogue / LyricistSong's Credit : Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक, फुटबलर बन्न अनमोलले लिए ३ महिना ट्रेनिङ

चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘रहर छ सँगै...’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अनमोल केसी र उपासना सिंह ठकुरीलार्इ प्रस्तुत गरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द छ भने अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । मुस्ताङमा छायाँकन गरिएको रोमान्टिक भावको गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन ।
सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । जिया केसी कार्यकारी निर्माता रहेको चलचित्रमा अनमोल र उपासनाका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । उपासना र प्रियंकाले यसै चलचित्रबाट डेव्यु गरेका हुन । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, सुदीप बराल र नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व र दीर्घ राज खड्काको सम्पादन रहेको छ ।
फुटबलमा भविष्य खोज्दै संघर्ष गरेको एक युवकको संघर्ष र सफलताको कथा चलचित्रमा देखाइएको जनाइएको छ । फटुबल खेलाडीको भुमिकालाई न्याय गर्न आफुले ३ महिना ट्रेनिङ समेत लिएको अनमोलले जनाएका छन् । उनलार्इ राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले ट्रेनिङ गराएका हुन । फागुन १७ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri