Diwakar Bhattarai
Movie's Credit : Director / Associate Director / Story / Screenplay / Dialogue / LyricistSong's Credit : Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
स्पोर्टस् जनरा बिगतमा पुरै असफल : सफल होला त ‘क्याप्टेन’ !

नेपालमा स्पोर्टस् जनरामा खासै चलचित्र बनेका छैनन् । बनेका एकाध चलचित्रले पनि खेलप्रेमीको मन जित्न सकेका छैनन् । यस्ता चलचित्रलाई न त खेलप्रेमीले आत्मसाथ गर्न सके, न त खेलाडीले नै गर्व गर्न सके ।
अक्सर नेपाली चलचित्रमा विषयको उठान त हुन्छ तर प्रस्तुतिमा चुक्छन् । सायद स्पोर्टस् जनराका चलचित्रले पनि विषयलाई सतही रुपमा बुझे र त्यही रुपमा चलचित्रमा प्रस्तुत गरे । खेल वा खेलाडीका बारे उठान गरिएको विषयको गहिराईमा पुगेनन् जसका कारण एउटा गेम वा खेलाडीको अन्र्तवार्ता जत्तिको रोचक अनि सार्थक पनि बन्न सकेनन् ।
यसअघि फुलवलको विषयलाई लिएर ‘वल्र्ड कप इन नेपाल’, क्रिकेटको विषयमा ‘च्याम्पियन’ र डन्डि बियोको बिषयमा ‘डमरुको डन्डिबियो’ गरि ३ चलचित्र प्रदर्शन भइसकेका छन् भने फागुन १७ गते फुटबलकै विषयमा केन्द्रित चलचित्र ‘क्याप्टेन’ प्रदर्शन हुँदैछ । खेललाई केन्द्रमा राखेर बनेका यस्ता चलचित्रमा सम्वन्धित खेलका बिज्ञ भनिएका व्यक्ति वा पूर्वखेलाडीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएकै छन् । व्यापार जे भएपनि पनि विगतमा खेलप्रेमी वा खेलाडीहरुले गर्व गर्न लायक चलचित्र बन्न सकेनन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र क्याप्टेनमा पनि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का संलग्न छन् । उनैले क्याप्टेनको भुमिकामा रहेका कलाकार अनमोल केसीलाई फुटबल खेलको प्रशिक्षण दिएका हुन । उनको भनाईलाई विश्वास गर्ने हो भने उनले ३ महिनाको समय खेल सिक्न खर्चिएका छन् । फुटबल सिकाउँदै गर्दा खड्काले केसीलाई मेहनत गर्न पछि नपर्ने कलाकारका रुपमा पाए । सिकाएको कुरा छिटो सिक्ने, सिक्न अल्छि नगर्ने, झर्को नमान्ने जस्ता गुण भेटे ।
क्याप्टेनमा एउटा व्यक्ति सफल फुटबलर बन्न गर्ने संघर्ष देखाइएको छ । उसको संघर्ष र सफलताको कथा भनिएको छ । एउटा खेलाडीको जर्निको कथा प्रस्तुत छ । यति सम्मकी नेपालले अहिले सम्म जित्नै नसकेको साफ च्याम्पीयन गेम समेत जितेको कथा बुनिएको छ । यसअघि वल्ड कप इन नेपाल भन्ने चलचित्रले नेपालमा वल्डकप फुटबल खेल आयोजनाको कथा बुने जस्तो ।
क्याप्टेन बायोपिक होइन । यो पनि कल्पनामै कोरिएको कथा हो । यसको मुख्य कथा फुटबलरको हो । जसका कारण फुटबलको नियमसँग नजिक हुनैपर्छ चलचित्र । बुझ्नका लागि सबैभन्दा सजिलो गेम भनिन्छ फुटबललाई । त्यसैले धेरै खेलप्रेमीहरु फुटबलको नियमबारे जानाकार नै छन् । पूर्वकप्तान खड्का पनि विगतमा बनेका स्पोर्टस् जनाराका चलचित्रबाट सन्तुष्ट छैनन् । आफैले पनि ति चलचित्र हेरेर अपनत्व फिल गर्न नसकेको उनको भनाई छ । त्यसो भए उनी आफै संलग्न भएको क्याप्टेनबाट फुटबल प्रेमी र खेलाडीले गर्व गर्न सक्छन् त ? यो प्रश्नको सहज जवाफ खड्कासँग छैन । यद्यपी उनी निकै आशाबादी छन् । आफु खेलबारे कलाकारलाई प्रशिक्षण दिदा होस् वा चलचित्र छायाँकनको क्रममा नै किन नहोस् निकै सजग रहेको बताउँछन् । त्यसो त उनी चलचित्रमा समावेश खेलको पाटोबारे मात्र जानाकार छन् । जहाँ उनले खेलको नियम तोड्न दिएनन् । यति सम्मकी निर्देशक दिवाकर भट्टराई र निर्माता भुवन केसी हरेक दृष्यलाई सकेसम्म सिनेम्याटिक बनाउन खोज्थे । सिनेमा लिब्रटीबारे उनलाई सम्झाथे । तर, उनले नेपाली खेलाडीको अवस्था र उनीहरुको प्रस्तुतिका आधारमा दर्शकले जति सम्म बिश्वास गर्न सक्छन् त्यत्ति मात्र चलचित्रमा देखाउन सुझाए । फुटबल बारे सबै जानाकार नै छन् त्यसैले खेलको नियममै बसेर उनीहरुले विश्वास गर्न सक्ने गरि देखाउनु पर्ने खड्काको कथन छ ।
यता निर्देशक दिवाकर भट्टराई पनि चलचित्रले खेलको नियम नतोडेको बताउँछन् । चलचित्र भएकोले केही न केही सिनेमा लिब्रटी त हुन्छ नै यद्यपी दर्शकहरुले विश्वास गर्ने अनि खेलाडीहरुले त्यो पात्रमा आफैलाई पाउने उनको भनाई छ । खेलप्रेमीहरु समेत चलचित्रबाट निराश हुन नपरोस् भनेर निर्माण युनिट सजग थियो । त्यसैले पूर्वकप्तान खड्का टिममा आवद्ध भए । खेलको टेक्निक देखि खेलाडीको बडी ल्याङ्वेज सम्म सबै खड्काले सम्हाले । चलचित्रमा देखाइएका गेमहरुमा उनैले कोरियोग्राफी गरे । किनकी फुटबलरको जर्नि वा फुटबल खेलबारे खड्का भन्दा जानकार निर्देशक वा निर्माता थिएनन् ।
यतिबेला चलचित्रको पोष्ट प्रोडक्सनको काम भइरहेको छ । निर्देशक दिवाकर भट्टराई चलचित्रले दर्शकको मन जित्नेमा विश्वस्त देखिएका छन् । फुटबल खेलाडीले आफ्नो पात्रमा आफु पाउने अनि फुटबल प्रेमीहरुले चलचित्रबाट भरपुर मनोरञ्जन पाउने उनको विश्वास छ ।
सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, दीवाकर भट्टराईको लेखन, सुदीप बराल र नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व र दीर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri