News
चैतमा १०३ विश्व रेकर्ड पुर्याउने गीतकार उपाध्यायको घोषणा
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने घोषणा गरेका छन् ।
गीत संगीतलगायतका विधामा हालसम्म गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच उनले यस्तो घोषणा गरेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि सञ्चालन गरेका थिए । क्विज प्रतियोगिताका दश जना बिजेतालाई उपहार समेत प्रदान गरिएको थियो । यस्तै सो पत्रकार भेटघाटमा डा. उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गरेका थिए ।
कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष गीता अधिकारीले डा. उपाध्याका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको भनाई राखेका थिए ।
यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गरेका छन् । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन ।
कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ छन् । यस्तै उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उनी नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा एल्वम छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



