News
डा. उपाध्यायको ‘जुनी जुनी’ सार्वजनिक, १४ तालमा छायाँकन

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा उपाध्यायलाई अनु चौधरीले गायनमा साध दिएकी छिन ।
वल्र्ड रेकर्डका लागि १४ तालमा छायाँकन गरिएको गीतलाई डा. उपाध्यायले नै निर्देशन गरेका हुन् । भिडियोमा उपाध्याय र मोडल नम्रता अर्यालले अभिनय गरेका छन् ।
गीतको छायाँकन फेवाताल, रुपाताल, टौदह, कमलताल, २० हजारिया ताल, मैदीताल लगायतका १४ तालमा गरिएको हो । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri