News
डीआर उपाध्यायको ‘तिलिचो ताल’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए ।
गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri