Gopal Kaji Kayastha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
धिमे बादक इन्दिराको जीवनीमा ‘इन्दिरा घिमे मैँचा’ बन्ने

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’को शुभ मुहूर्त गरिएको छ । भक्तपुरको कमलविनायक मन्दीरमा शुभमूर्हत गरिएको चलचित्र नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।
बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता सुरेन्द्र शाक्य हुन् । आगामी असोज १० गते बाट चलचित्र छायांकनमा जाने निर्माण टीम जानकारी गराएको छ ।
चलचित्रको सहनिर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् । चलचित्रमा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठका साथै इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ ।
चलचित्रमा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।
फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने चलचित्रको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri