Govind Singh Bhandari
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
मोफसल प्रमोशनमा ‘रणवीर’

प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र ‘रणवीर’ले प्रचारलाई देशव्यापी बनाउँदै लगेको छ । पछिल्लो केही दिन देखि मोफसल टुरमा रहेको यो चलचित्रको निर्माण टिमले मंगलवार चितवनका सञ्चारकर्मीसँग अन्र्तक्रिया गरेको छ ।
प्रमोशनल टुरमा निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी, कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्ट सहभागी छन् । उनीहरुले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । कार्यक्रममा सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले बढी चासो दिएका छन् ।
सञ्चारकर्मीको जिज्ञाशा मेटाउने क्रममा शुशिलले चलचित्रका लागि कडा मेहनत गरेको बताएका छन् । उनले आफुले हरतरिकाले ‘रणवीर’मा फिट हुन कोसिस गरेको जनाए । अघिल्ला चलचित्रमा भन्दा फरक भुमिकामा देखिएका शुशिल चलचित्रबाट आशाबादी समेत रहेका छन् । यस्तै अभिनेत्री सुवेक्षा खड्काले आफ्नो भुमिका मात्र नभएर चलचित्रको समग्र कथा नै आफुलाई मन परेकोले ‘रणवीर’ रोजेको बताएकी छिन । आफ्नो भुमिका आइरहेका चलचित्रको तुलनामा फरक नभए पनि समग्र चलचित्र उत्कृष्ट बनेको उनको भनाई छ । अर्की अभिनेत्री सुपस्पाले पनि चलचित्रबाट निकै आशा गरेको बताएकी छिन । उनले आफुलाई दर्शकहरुले स्वीकार गर्ने विश्वास समेत लिइन ।
माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन । चलचित्रको लेखन पनि उनकै हो । चलचित्रमा प्रशान्त ताम्राकार, टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको पनि अभिनय रहेको छ । प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व र रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri