Hari Humagain
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सरौतो’को गीतमा भिटेनको र्याप

चर्चित र्यापर भिटेन (समीर घिसिङ)ले पहिलो पटक चलचित्रका लागि गीत गाएका छन् । भिटेनले ‘सरौतो’का लागि गीत गाएका हुन् ।
मंसीर १३ गतेबाट प्रदर्शन हुने चलचित्रका लागि भिटेनले गाएको गीत सार्वजनिक गरिएको छ । चलचित्रको ओएसटीका रुपमा तयार गीतमा भिटेनलाई फिचर गरिएको छ । भिटेन स्वयंको शब्द तथा संगीत रहेको गीतमा चलचित्रका केही अंशहरुलाई समेत प्रस्तुत गरिएको छ । निर्देशक हरि हुमागाईले चलचित्रको थिम अनुसार नै यो गीत तयार पारिएको जनाएका छन् ।
बोल्न नसक्ने युवतिलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनय गरेकी सुमि मोक्तानको एक्सन पछिल्लो समय चर्चामा छ । चलचित्रमा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र बिराञ्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri