News
‘दुखी आत्मा’ मा आँचल अनुबन्धित

दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘दुखी आत्मा’मा आँचल शर्मा अनुबन्धित भएकी छिन । निर्माण कम्पनी क्लक वर्क कृयसन र शर्मा बिच सोमबार सम्झौता भएको हो ।
लेखक समेत रहेका निर्देशक लामाले कथाको मागअनुसार आँचललाई लिइएको जनाएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेका छन् । हिमाल कडरियाको निर्माण रहने चलचित्र चैत्रबाट छायाँकन हुनेछ । निर्देशक लामा र निर्माता कडरियाले यसअघि चलचित्र ‘नाङ्गो गाउँ’मा सहकार्य गरेका थिए ।
स्कृप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको चलचित्रका अन्य कलाकार तथा प्राबिधिकहरु भने चयनको क्रममै रहेको जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri