News
‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले एक गाउँलाई राजनितिले कसरी गिजोलरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ ।
अभिनेता शिशिर वाङ्देल नेता र अभिनेता दयाहाङ राई गाउँको एक सरकारी शिक्षकको रुपमा प्रस्तुत छन् । एक साधारण शिक्षक कसरी राजनितिमा प्रवेश गर्न विवश हुन्छ भन्ने नै चलचित्रको मुल कथा रहेको ट्रेलरले संकेत गरेको छ ।
दयाहाङ र शिशिरका अलवा मिरुना मगर, साम्रागी आरएल शाह, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, अंकित खड्कालगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
लामाकै लेखन रहेको चलचित्रका निर्माता जय श्रेष्ठ र प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri