This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दोस्रो अन्तराष्ट्रिय चलचित्र फेस्टिभल फेब्रुअरी २१ देखि
दोस्रो अन्तराष्ट्रिय चलचित्र फेस्टिभल (निफ) फेब्रुअरी २१ देखि २५ सम्म काठमाण्डुमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच फेस्टिभलको औपचारिक घोषणा गरिएको हो ।
नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुने फेष्टिभलमा विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेको फेस्टिभलका संयोजक केपी पाठकले जनाएका छन् । ती मध्ये नेपालका १६ चलचित्रहरु समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्म र ६ वटा फिचर फिल्म छन् । यस्तै गरी नेपाली चलचित्रहरुमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरु पनि महोत्सवमा समावेश गरिएको छ ।
वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, चलचित्र सेन्सर बोर्ड सदस्य सुभाष गजुरेल, अभिनेता निर्मल शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको निमित पनि कार्यक्रम सार्थक हुनेमा जोड दिएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



