News
चलचित्र ‘आलिङ्गन’ निर्माणको औपचारिक घोषणा

निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’को औपचारिक घोषणा गरिएको छ । सामाजिक प्रेमकथामा बन्ने चलचित्रको कथा स्वयम् मगरले लेखेका हुन् भने पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् ।
कृशला मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन् । परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्र ‘आलिङ्गन’मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
कमल निर्देशित चलचित्र ‘डेसान’ गत वर्ष प्रदर्शनमा आएको थियो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri