News
असार ७ मा कमलको ‘शिरफूल’

असार ७ मा कमलको ‘शिरफूल’
कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गते प्रदर्शनमा आउने भएको छ । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।
नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको उनको भनाई छ ।
चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ । यस्तै चलचित्रमा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
चलचित्रका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन् । चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको बिशेष भूमिका रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri