News
केशब भट्टराई र दिपक क्षेत्रीलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराई र कलाकार दिपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले अफिसियल ट्विटरमार्फत कालाकारद्वयप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ओलीले श्रद्धाञ्जली सन्देशमा कलाकारद्वयको कला सधैं स्मृतिमा रहिरहने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन् ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि१ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
कलाकार क्षेत्रीको गत शनिबार सुतिरहेको ठाँउमा निधन भएको थियो यस्तै बोर्ड अध्यक्षसमेत रहेका कलाकार तथा निर्माता भट्टराईको गएराति निधन भएको हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri