News
३ वर्ष देखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा

३ वर्ष देखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ अब भने हुने भएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले असार २७ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना हुने जनाएका छन् ।
राष्ट्रपति निवास शितल निवासमा हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वर्षको अवार्ड एकसाथ प्रदान गर्नेछिन । ०७३, ०७४ र ०७५ सालमा सार्वजनिक भएका चलचित्रहरुको छुट्टा छुट्टै जुरी कमिटिीको मुल्याङ्कनका आधारमा उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकलाई अवार्ड प्रदान गरिने छ ।
यसअघि राष्ट्रपति भण्डारीले समय नदिएका कारण अवार्ड हुन नसकेको भनिएको थियो । तर, बोर्ड अध्यक्ष भट्टराईले राष्ट्रपतिले आफ्नो समय लिएर पनि अवार्ड गर्न नसकेको भन्दै बोर्ड प्रति गुनासो गरेको जनाएका छन् । उनले राष्ट्रपतिले तयारी राम्रोसँग गर्न सुझाएको समेत जनाए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri