News
राष्ट्रिय सम्मानका साथ भट्टराई र क्षेत्रीको अन्त्येस्टी

राष्ट्रिय सम्मानका साथ कलाकारद्धय केशब भट्टराई र दिपक क्षेत्रीको अन्त्येस्टी गरिएको छ । शनिबार निधन भएका क्षेत्री र आइतबार राति निधन भएका भट्टराईको सोमबार एकसाथ अन्त्येस्टी गरिएको हो । भट्टराईलाई १५ वर्षीय छोरा मिस्क भट्टराई र क्षेत्रीलाई छोरा रिनेश बस्नेतले दागबत्ति दिएका थिए ।
चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराई र बरिष्ठ कलाकार क्षेत्रीको अन्त्येष्टिमा सरकारले राष्ट्रिय सम्मान अर्पण गरेको छ । पशुपति आर्यघाटमा दुबै कलाकारलाई अन्तिम श्रद्धाञ्जली दिदै सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बासकोटाले राष्ट्रिय झण्डा ओडाए भने नेपाल प्रहरीको एक टुकडीले शोक गारत अर्पण गरेको थियो ।
यसअघि दिउसो १ बजेबाट भट्टराई र क्षेत्री दुवैको पार्थिव शरिरलाई चलचित्र बिकास बोर्डको प्राङ्गडमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । बोर्डमा रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेल उपस्थित भएर सरकारका तर्फबाट श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।
कलाकारद्वयको निधनले सिङ्गो चलचित्र क्षेत्र स्तव्ध बनेको छ । श्रद्धाञ्जली दिन उपस्थित फिल्मकर्मीहरुका आँखा ओभाना थिएनन् । बिकास बोर्ड र पशुपति आर्यघाटमा थुप्रै कलाकर्मीहरु श्रद्धाञ्जली दिन उपस्थित भएका थिए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri