News
केशब, दिपक र आनन्दको सम्झनामा श्रद्धाञ्जलि सभा

कलाकारत्रय केशब भट्टराई, दिपक क्षेत्री र आनन्द थापाको दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ ।
चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका केशब भट्टराईको १३ औं दिनको पुण्य तिथीको अवसर पारी श्रद्धाञ्जली सभा गरिएको हो । ५१ बर्षको उमेरमा भट्टराइको मंसिर २९ गते, ५८ बर्षिय दिपक क्षेत्रिको मंसिर २८ गते र ८४ बर्षीय आनन्द थापाको पौष १ गते निधन भएको हो ।
चलचित्र बिकास बोर्डको सभा हलमा भएको कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । दिवंगत कलाकारहरुलाई श्रद्धाञ्जली दिदै उपस्थित चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रलाई अपुरणिय क्षति पुगेको बताएका छन् । चलचित्र क्षेत्रले कुशल कलाकार मात्र नभएर अभिवावक समेत गुमाएको चलचित्रकर्मीहरुको भनाई छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri