This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पुनर्निर्माणपछिको बारपाकमा ‘बारपाकी माया २’

चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ संस्कारको विषयलाई उत्थान गरेको थियो ।
चलचित्रमा बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायांकन उत्तरी गोर्खाको बारपाक लगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानहरुमा गरिनेछ । चलचित्रको निर्देशन खिलबहादुर गुरुङले गर्नेछन ।
२०७२ सालको महाभुकम्पअघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो । महाभुकम्पले उक्त गाउँ तहसनहस भएको थियो । अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ ।
नेपाल सरकारले छायांकन गर्ने अनुमति दिनासाथ छायांकनमा जाने तयारीमा रहेको छ । गोरखा सिरान चोक एण्ड लिगलिग कोट फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा वीरबल घले, सुरज गुरुङ, लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बलबहादुर गुरुङको मुख्य भूमिका रहनेछ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral