This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ नोवेम्बर ३० मा

‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’, अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच नोवेम्बर ३० देखि डिसेम्बर १ तारिक सम्म अवार्ड आयोजना हुने जनाइएको छ ।
ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको आयोजनमा हुने अवार्डमा ८८४८ मिडिया हाउस र हिमालयन फाउण्डेसन क्रप सहआयोजकका रुपमा रहेका छन् । विगतका ३ वर्षहरुमा ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीको आयोजनामा भएको अवार्डमा यस संस्करणबाट गोल्डेन स्टेट मुभी मेकर पनि थपिएको हो ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् । विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्ध नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष मल्लले जनाएका छन् ।
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant