Kristina Gurung   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रदीप र कृष्टिना बने प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’

लेन्सनेपाल २०७७ असोज २०
प्रदीप र कृष्टिना बने प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’

प्रदीप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ बनेका छन् । बैंकिङ क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको प्रभु बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा प्रदीप र क्रिस्टिनासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदिप खड्का पछिल्लो समयका चर्चित कलाकार हुन् भने कृष्टिनाले प्रदिपसँगै चलचित्र ‘प्रेम गीत ३’मा काम गरेकी छिन । कार्यकारी अधिकृत शेरचनले लोकप्रिय कलाकारहरुसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । कलाकारद्वय प्रदीप र क्रिस्टिनाले पनि देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् । प्रभु बैंकको गतिविधिसँग अब यी कलाकार जोडिनेछन् ।