This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सेन्टी भाइरस’को गीत सार्वजनिक

चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘फनफनी’ बोलको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको छ । गीतमा मोडल अञ्जली अधिकारीका साथै कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतको नृत्य रहेको छ । शंकर विसीले गीतको कोरियोग्राफी गरेका हुन् ।
सुबिहानी फिल्मस् प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन, नबिन घर्तिमगरको सम्पादन र कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।
२ करोडको लागतमा बनेको चलचित्रका निर्माता डिन्डु लामा ह्योल्मो हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिने जनाइएको छ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota