Laxman Subedi
Movie's Credit : Director / Producer / Executive Producer / Story / Screenplay / Dialogue / Lyricist / Media Co-ordinator
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा ‘सतिदेवी’ उत्कृष्ट

‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा चलचित्र ‘सतिदेवी’ उत्कृष्ट चलचित्र घोषित भएको छ । माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा आयोजना भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्रले ५० हजार नगदसहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । यसै चलचित्रबाट निर्देशक सुबेदीले स्व. शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड पनि जितेका छन् ।
यस्तै सर्वोत्कृष्ट सम्पादक ‘नाङ्गो गाउँ’बाट बनिशा शाह, सर्वोत्कृष्ट छायाँकार ‘बिच्छेद’बाट संकल भुजेल, सर्वोत्कृष्ट लेखन ‘बिच्छेद’बाटै सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गरे भने रोशनकुमार श्रेष्ठद्वारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले ‘जुरी इन्करेजमेन्ट अवार्ड’ जित्यो ।
त्यस्तै, महोत्सवमा सर्वोत्कृष्ट वृतचित्र अवार्ड डा. सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गर्यो भने सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेल निर्देशित ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यी दुवै विधाको पुरस्कार राशी जनही २५ हजार रहेको छ ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरुबाट ४० भन्दा बढी चलचित्र सहभागी भएकोमा २० वटा मात्र प्रदर्शन गरिएको आयोजक विमल पौडेलले जानकारी गराए ।
महोत्सवको निर्णायकमा निर्देशक एवं सम्पादक लभ प्याकुरेल संयोजक र नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारी र चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा सदस्य थिए ।
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant