News
माधबको जन्मदिनमा कन्हैयाको ‘भन्दै होलान’ सार्वजनिक

‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर, सुमन बैरागीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
यस्तै गीतको भिडियोलाई चलचित्र निर्देशक माधव राज खरेलले निर्देशन गरेका छन् । थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका माधवको निर्देशन रहेको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र नायिका कन्चन चालिसेका साथै कलाकारहरु उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको भिडियोमा राजेश कुमारको सम्पादन र नरेश खरेलको श्रृंगार रहेको छ ।
निर्देशक खरेलको जन्मदिनको अवसर पारेर गीत सार्वजानिक गरिएको हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri