News
‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक

चलचित्र ‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको उक्त गीतमा राजेन्द्र बजगाईंको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।
पारिवारिक प्रेमकथा भनिएको ‘एकलब्य’लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा सोनम थापा मगर, ओसिन भट्टराई, पुस्कर राउत, सुमन ढकाल, सुशील पोखरेल, शुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, विराग लोगुनलगायतका कलाकारको अभिनय रहेको छ ।
अभि फिल्मसको व्यानरमा निर्मित चलचित्रमा राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri